खेलकुद

राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन

इकागज |
साउन २७, २०८० शनिबार १७:३६ बजे

काठमाडौँ- नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हाले शनिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् ।

अरहन्तले फाइनलमा दिपक थापालाई ११–६, ११–४ र ११–८ ले हराए ।


महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गरिन् । कृष्णाले विपना ब्लोनलाई सोझोसेटमा ११–६, ११–९ र ११–९ ले हराइन् । कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जितेकी थिइन् ।

यसैगरी ब्वाइज यु १९ मा पासाङ ब्लोनले विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गरे । 

यस प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । एकदिन अघि पासाङ प्लेट विधामा पनि च्याम्पियन भएका थिए  । यसैगरी मास्टर्स (प्लस ५०) एकल विधामा प्रवीणवीर सिंह कसाकार पहिलो भए  । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले हराए ।


Author

थप समाचार
x