चकबल खेलमा भाग लिन धनगढीका १२ विद्यार्थी ताइवान प्रस्थान
कैलाली । समुन्द्री तटमा खेलिने चकबल प्रतियोगितामा भाग लिन नन्दिनास एकेडेमी धनगढीका १२ जना खेलाडी ताइवान प्रस्थान गरेका छन् । भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच (समुन्द्र तट) चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्ष मुनिका १२ जना खेलाडीको टोली बुधबार साँझ ताइवान प्रस्थान गरेका छन् ।
नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुरलगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन्।
तीन दिनसम्म हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जान लागेका खेलाडी र व्यवस्थापकको टिमलाई यसअघि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिदाइ गरेका थिए ।
बालुवामा खेलिने चकबल च्याम्पियनसिपमा भाग लिन ५ छात्रा र ७ जना छात्रटोलीसँगै नन्दिनाज एकेडेमीका प्रबन्ध निर्देशक महेश बिष्ट र प्रिन्सिपल संजु आचार्य काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थ हुँदै ताइवान प्रस्थान गरेका छन्।
चकबल च्याम्पियनसिपमा भाग लिने खेलाडीहरु रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापति र निष्ठा भट्ट रहेको प्रबन्ध निर्देशक बिष्टले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया