खेलकुद

सेभिल्लालाई पेनाल्टीमा हराउँदै म्यानचेस्टर सिटी यूइएफए सुपर कपको च्याम्पियन

इकागज |
साउन ३२, २०८० बिहीबार १२:३ बजे

काठमाडौँ- गत सिजनको ट्रेबल विजेता म्यानचेस्टर सिटी यूइएफए सुपर कपको च्याम्पियन बनेको छ ।

गएराति (बुधबार) भएको खेलमा स्पेनिस क्लब सेभिल्लालाई पेनाल्टी सुटआउटमामा ५-४ गोलले हराउँदै सिटीले यूइएफए सुपर कपको उपाधि जितेको हो ।


सेभिल्लाका लागि युसुफ एन-नेसिरीले खेलको २५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २१ वर्षीय कोल पामरले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी हुँदा खेल पेनाल्टी सुटआउटमामा पुगेको थियो । 

सुटआउटमामा सिटीका लागि अर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र काइल वाल्करले गोल गरे ।

सेभिल्लाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोन्टियालले गोल गरे । नेमान्जा गुडेलजले गोल गर्न नसक्दा सिटी च्याम्पियन बन्यो ।

सिटीको यो वर्षको चोथो ट्रफी हो । उसले यसअघि इङ्लिस प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जितिसकेको थियो ।

 


Author

थप समाचार
x