यु–२० एशिया रग्बी सेभेन्समा नेपालको निरासजनक प्रदर्शन
काठमाडौँ- नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।
दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एशिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार व्यहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो । नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो । शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।
समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार व्यहोर्यो । अब नेपालले पाँचौं स्थानका लागि आइतबार उज्वेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्याण्डले हङकङसँग प्रतिष्पर्धा गर्ने भएका छन् । यता, महिलातर्फ पनि डबल राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार व्यहाेरेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।
महिलातर्फ लिगमा प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार व्यहोर्यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्याण्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो । यद्यपि, बाँकी आइतबार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ । दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया