खेलकुद

बार्सिलोना जाँदै अग्वरो

इकागज |
जेठ १०, २०७८ सोमबार ११:४६ बजे

काठमाडौँ : म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो स्पेनी ला लिगा फर्कने भएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अग्वेरो बार्सिलोनासँग अनुबन्धित हुने बताएका हुन् । 

पछिल्लो समय अग्वेरो सिटीको प्रमुख स्ट्राइकर रहन सकेका थिएनन् । अग्वेरोले लिगका आधा खेल चोट र कोभिड-१९ संक्रमणमा परेका कारण गुमाएका थिए । उनले जम्मा १२ खेल खेल्न पाए । त्यसमध्ये पनि सात खेलमा मात्रै पहिलो एघारमा परे । 


सन् २०११ मा सिटी आएका अग्वेरोले क्लबका लागि ३ सय ८९ खेल खेल्दै २ सय ३७ गोल गरेका छन् । १० वर्षको सिटी बसाईमा अग्वेरोले पाँच पटक इंग्लिस प्रिमियर लिग जित्न सफल भए ।

‘अग्वरो बार्सिलोना जाँदैछन् । उनले सर्वकालिन महान खेलाडी लियोनल मेस्सीसँग खेल्ने मौका पाउँदैछन् । सायद यो अहिले सम्म रहस्यमै थियो,’ आइतबार एभरटनसँगको खेल ५-० ले जितेपछि ग्वार्डिओलाले भने ।  सो जितमा अग्वरोले दुई गोल गरे ।


Author

थप समाचार
x