बागमतीको आयोजनामा अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता हुने
मकवानपुर- प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्री तथा परिषद्का अध्यक्ष कुमारी मोक्तानको अध्यक्षतामा बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो ।
परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिता आयोजना स्थान भने तय भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ ।
दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य–सचिव भण्डारीले बताए । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो । बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया