सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, आज पनि बहस हुन सकेन
काठमाडौँ- क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आइतबार हुन सकेन । लेग स्पिनर लामिछानेविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ तय भएपनि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको थियो ।
सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया