जुनियर च्याम्पियनसीपमा सहभागी हुन पौडी टोली शनिबार इजरायल जाने
काठमाडौँ- वर्ल्ड अक्वाटिक जुनियर स्विमिङ च्याम्पियनसीप २०२३ मा सहभागी हुन नेपाली टोली शनिबार इजरायलको नेतन्या जाने भएको छ ।
भदौ १८ देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसीपमा अजलकाजी ताम्राकार (५० मिटर बटरफ्लाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफ्लाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेस्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) ले सहभागिता जनाउने भएका छन् ।
व्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।
यसैबीच, नेपाली पौडी टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया