एसिया कपमा नेपाली खेलाडीलाई हौसला दिन महासंघका पूर्वपदाधिकारीहरूको टोली श्रीलंकामा
काठमाडौँ– पाकिस्तानद्वारा आयोजित एसिया कपमा नेपाली खेलाडीलाई हौसला दिन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व पदाधिकारीहरूको टोली नै श्रीलंका पुगेका छन् ।
सोमबार भएको नेपाल भर्सेज इन्डिया म्याचमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका पुगेका हुन् ।
उनका साथमा शेखर गोल्छा, महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्यसहित व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरू समेत देखिएका छन् ।
नेपालको राष्ट्रिय झण्डा बोकेर श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा उनीहरूको समर्थन रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया