खेलकुद

भलिबल खेलाडीहरूले अबबाट मासिक पारिश्रमिक पाउने

इकागज |
भदौ १९, २०८० मंगलबार १९:४८ बजे

काठमाडौँ- भलिबल खेलाडीहरूले अबबाट मासिक पारिश्रमिक पाउने भएका छन् ।​ मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो ।

अमेरिकामा सहयोगी दाताहरू खोजि नेपाल भलिबल संघको खातामा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पारिश्रमिक पठाएको जानकारी गराएको हो । नेपाली भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन् । अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमिकको व्यवस्था गरिएको हो । अहिले नेपाली भलिबल टोली चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा छ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोली पहिलो पटक एशियाली खेलकुदमा सहभागिता जानाउन लागेको हो । खेलाडीलाई मासिक तलब दिने भलिबल संघ चौथो हो । फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । यसैगरी बुद्धीचालका पुरुष तथा महिलातर्फ शीर्ष वरियताका खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

पत्रकार सम्मेलनमा बौल्दै भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले क्रिकेट खेलाडी, फुटबल खेलाडीले मासिक तलब पाउने भलिबल खेलाडीले अहिलेसम्म किन पाएनन् भन्ने सञ्चारकर्मीहरूको प्रश्नपछि आफूहरूले पहल गरेर आज पारिश्रमिक थोरै भए पनि दिन सफल भएको बताए । उनलै एशियन गेम्सको लागि केही पकेट खर्च दिने योजना रहेको बताए ।

नेपाल भलिबल संघले अहिलेको आफ्नो कार्यकालभर विभिन्न सहयोगीहरूसँग सहयोग मागेर भए पनि राष्ट्रिय खेलाडीलाई मासिक पारिश्रमिक दिने घोषणा गरेको छ ।


Author

थप समाचार
x