हाइ टाइम भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छः कप्तान पौडेल
काठमाडौं– एशिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
बुधबार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए ।
‘एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन सकिँदैन,’ उनले भने, ‘भारत र पाकिस्तानसँग सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको छौं, पूर्वाधारको जरुरी छ ।’ उनले सरकार र निजी निकायहरुले खेलाडीहरुमा लगानी बढाउनुपर्ने बताए ।
‘एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ । स्पशेली पिचहरु भए, ग्राउण्ड भए प्रिपेशन गर्न सकिन्छ । सबैले खेलाडीमा इन्भेष्ट गरेमा राम्रो हुन्छ ।’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया