पत्रकार दाहालमाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग
काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल पत्रकार महासंघले अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि भएको दुर्व्यवहारको घटनाको छानबिन गर्न माग गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप क्रिकेट २०२३ मा सहभागी भएर बुधबार काठमाडौं फर्कने क्रममा समाचार संकलन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष बाहिर रहेकी महिला खेल पत्रकार तथा मञ्चकी सदस्य दाहालमाथि भीडमा उपस्थित एक जनाबाट उनीमाथि दुर्व्यवहार भएको मञ्चले जनाएको छ । ती व्यक्तिबाट मौखिक गालीसहित धकेल्ने कार्य गरिँदा दाहाल सामान्य रूपमा घाइते समेत भएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रहरीसँगै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । यस अगाडि पनि नेपाली क्रिकेट टिम विदेश जाने र स्वदेश फर्कने क्रममा क्यानको व्यवस्थापन असुरक्षित र अव्यस्थित रहँदै आएको मञ्चले उल्लेख गरेको छ । नेपाली त्रिकेट टिमको बिदाइ तथा स्वदेश फर्कने क्रममा समाचार संकलनमा जाने पत्रकारका लागि अलग्गै व्यवस्था गर्न र सुरक्षा प्रदान गर्न पनि माग गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया