खेलकुद

इटालीमा लक्ष्य प्राप्त भयो : क्रिस्टियानो रोनाल्डो

इकागज |
जेठ १२, २०७८ बुधबार १६:२ बजे

काठमाडौँ: क्रिस्टियानो रोनाल्डो सन् २०१८, जुन मा युभेन्टस पुगे । इटालियन क्लबमा उनले दुई पटक सिरी ए जितेका छन् । यद्यपि यस पटक भने युभेन्टस च्याम्पियन बनेन । सन् २०११ देखि प्रत्येक सिजन इटालियन लिग जित्दै आएको युभेन्टस भर्खरै सकिएको सिजन चौथो स्थानमा सिमित भयो । च्याम्पियन्स लिगमा पनि युभेन्टसको प्रदर्शन बिर्सनलायकको रह्यो । 

च्याम्पियन्स लिग जित्‍ने लक्ष्यका साथ रोनाल्डोलाई अनुबन्ध गरे पनि युभेन्टस लगातार असफल भइरहेको छ । यद्यपि रोनाल्डाले भने इटालीमा आफूले लक्ष्य प्राप्त गरेको बताएका छन् । ‘मैले युभेन्टसबाट लिग, कप र सुपर कप जित्न सफल भएको छु । त्यस्तै लिगको सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता घोषित भएको छु । त्यसकारण म आफ्नो लक्ष्यमा सफल भएको छु,’ रोनाल्डोले इन्‍स्टाग्राममा लेखेका छन् । 


रोनाल्डोले युभेन्टस पुग्‍नेअघि इंगल्यान्ड र स्पेनमा पनि लिग जितेका थिए । त्यस्तै, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा रहँदा पोर्चुगिज कप्तान रोनाल्डो सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता पनि बनेका थिए । ‘मैले तनि मुख्य लिगमा आफ्नो छाप छाड्न सफल भएको छु । त्यसले मलाई सन्तुष्टी दिएको छ,’ रोनाल्डोले भनेका छन् । 

रोनाल्डोले युभेन्टसमा एक सय गोल गरिसकेका छन् । युनाइटेडको जर्सीमा एक सय १८ गोल गरेका रोनाल्डोले रियलका लागि ४ सय ५० गोल गरेका थिए । उनले आफ्नो करियरमा कुल ७ सय ६० गोल गरिसकेका छन् ।  


Author

थप समाचार
x