खेलकुद

कोरियन एम्बेसडर तेक्वान्दो भदौ २७ बाट

इकागज |
भदौ २४, २०८० आइतबार १५:४० बजे

काठमाडौँ- ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ गतेबाट सुरु हुने भएको छ ।

प्रतियोगिता भदौ ३१ गतेसम्म हुने प्रतियोगिता आयोजक समिति संयोजक तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी गराए ।


प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी जम्मा १ हजार ७ सय ७८ जनाको सहभागिता रहने काठमाडौँमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा चन्दले जनाए ।

पुम्सेतर्फ २५ र ग्यगोरीतर्फ ३२ गरी ५७ स्वर्ण पदका लागि ७ सय ११ महिला १ हजार ६७ पुरुषको सहभागिता रहनेछ । प्रतियोगितामा भारतबाट ३५ तथा बंगलादेशका ३२ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने चन्दले जनाए ।  

प्रतियोगिता सञ्चालनका  लागि करिब ३५ लाख खर्च हुने र त्यसमध्ये नेपालस्थित दक्षिण कोरियाली दूतावासले ५ हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

चन्दका अनुसार खेलाडी दर्ताबाट १७ लाख उठ्ने तथा बाँकी रकम संघले व्योहोर्नेछ ।

 


Author

थप समाचार
x