खेलकुद

नेपाल र म्यानमारबीच आज फुटबल प्रतिस्पर्धा हुँदै

इकागज |
भदौ २५, २०८० सोमबार ८:४१ बजे

काठमाडौँ। नेपाल र म्यानमार बीच फुटबल प्रतिस्पर्धा हुँदैछ ।  विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । 

सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा हुँदैछ । सो खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट सुरु हुनेछ । 


गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टिमलाई दबाबमा राखेको थियो । 

फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यानमार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो । 

यसपछि म्यान्मारले छनोटमा मकाउविरुद्ध खेल्दै छ भने नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोटका प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।


Author

थप समाचार
x