युभेन्टसका मिडफिल्डर पोग्बा 'एन्टी डोपिङ'को आरोपमा निलम्बन
काठमाडौँ- इटालियन क्लब युभेन्टसका मिडफिल्डर पाउल पोग्बालाई एन्टी डोपिङ अपराधमा संलग्न भएका कारण खेलबाट अस्थायी रूपमा निलम्बन गरिएको छ ।
इटालीको राष्ट्रिय एन्टी डोपिङ ट्रिब्युनल (नाडो)ले अगस्ट २० मा युडिनेसेलाई युभेन्ट्सले ३-० ले हराएपछि गरिएको परीक्षणमा पोग्बाको सहनशीलता बढाउने हर्मोन टेस्टोस्टेरोनको उच्च स्तर पत्ता लागेपछि तत्कालका लागि निलम्बन गरिएको बीबीसीले जनाएको छ ।
डोपिङमा दोषी पाइएमा उनलाई दुईदेखि चार वर्षसम्म खेलबाट प्रतिबन्ध लाग्नेछ । फ्रान्सेली फुटबलर पोग्बालाई नाडोले नतिजाको प्रतिविश्लेषण गर्न तीन दिनको समय दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया