खेलकुद

भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

इकागज |
जेठ १३, २०७८ बिहीबार ६:१२ बजे

काठमाडौँ : म्यानचेस्टर युनाईटेडलाई हराउँदै युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि उचालेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल एक-एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा भिल्लारियलले बाजी मार्दा म्यानचेस्टर युनाईटेड स्तब्ध बन्यो । फाइनल खेल पोल्याण्डमा भएको थियो ।



Author

थप समाचार
x