पोखरामा लामाचौर कप भलिबल सुरु पहिलो दिन पुरुषतर्फ ४ खेल सम्पन्न
पोखरा - नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ ४ खेल भएका छन् । शुक्रबार भएको खेलमा गण्डकी प्रदेश, नेपाल पुलिस, एपिएफ र मणिमुकुन्द भलिबल क्लबले जित निकालेको छ । पहिलो दिनको पहिलो खेलमा गण्डकी प्रदेशले गलकोट स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराएको थियो ।
गण्डकीले गलकोटलाई २५–२१, २६–२४, २४–२६ र २५–२१ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबसंग ३–१ ले पराजित भएको थियो । पहिलो सेट २५–१५ ले जितेर पुलिस विरुद्ध सानदार सुरुवात गरेको मणिमुकुन्दले दोश्रो, तेश्रो र चौथो सेट २५–२१, २५–१९ र २५–२२ ले पुलिसलाई सुम्पिन पुगेको थियो । तेस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लवले गलकोट स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरि प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
अन्तिम खेलमा गण्डकीले मणीमुकुन्द भलिबल क्लबसँग ३–२ को सेटमा हार व्यहोरेर थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलम पहिलो सेट गण्डकीले २५–२० ले जितेको थियो । दोस्रो र तेस्रो सेट २५–२१ र २५–१७ मणिमुकुन्दलाई सुम्पियो । भने चौथो सेटमा गण्डकीले २५–१७ को पुनारागमन जित निकाल्यो । फाइनल सेटमा मणीमुकुन्दले १५–१२ को सेटमा गण्डकीलाई हराउँदै खेलमा आफ्नो पक्षमा पा¥यो । भोलि शनिबार दिउँसो २ बजे हुने उद्घाटन खेलमा गण्डकीले एपिएफ क्लबको सामना गर्नेछ । योसँगै दोस्रो दिन महिलातर्फको ३ र पुरुषतर्फको ४ खेल हुने आयोजकले जानकारी दिएको छ र प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ ।
त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लब बुटवल गरि ५ टिमको सहभागिता छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया