खेलकुद

एसियन गेम्सः पुरुष भलिबलमा इरानसँग पनि नेपाल पराजित

इकागज |
असोज ३, २०८० बुधबार १३:२७ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।

समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा नेपालले इरानसँग ३-० को सोझो सेटमा पराजय भोगेको हो ।


इरानले नेपाललाई २५-९, २५-१५ र २५–१३ ले पराजित गर्‍यो ।

यसअघि मंगलबार पहिलो खेलमा नेपालले बहराइनसँग ३-१ को पराजय भोगेको थियो ।

नेपालले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेपनि बहराइनले दोस्रो सेट २५-२०, तेस्रो २५-१८ र चौँथो सेट २५-१५ ले जितेको थियो ।


Author

थप समाचार
x