मिस्टर बुल्समेन राष्ट्रिय शारीरिक सुगठन असोज ५ देखि
काठमाडौँ- चौथो मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता असोज ५ र ६ गते हुने भएको छ ।
आयोजक बुल्समेन क्लब पोखराले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता असोज ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगिताको पुरुष बडी विल्डिङ्गतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा हुने भएको छ । बडी विल्डिङ्गतर्फको विजेताले ५ लाख प्राप्त गर्दा तौल समूहका विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार तथा तेस्रोले २० हजार प्राप्त गर्नेछन् ।
त्यसैगरी पुरुषको फिजिकतर्फ १७० सेन्टिमिटरमुनि र सेमीमाथि तथा महिलाको वेलनेस र फिजिकतर्फ खुल्ला प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । तीनवटै विधाअन्तर्गत विजेताले १ लाख, दोस्रोले ५० हजार तथा तेस्रो हुनेले ३५ हजार पाउनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया