एसियन गेम्सः महिला टेबल टेनिसको टिम इभेन्ट्समा नेपाल पराजित
काठमाडौँ- चीनमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिलातर्फको टिम इभेन्ट्सतर्फ नेपालले पराजय भोगेको छ ।
समूह ‘एफ’ अन्तर्गत शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा सिंगापुरले नेपाललाई ३-० ले पराजित गरेको हो ।
पहिलो चरणअन्तर्गत नेपालकी नबिता श्रेष्ठले सिंगापुरकी जिङ्ग्यी झाउसँग ३-० को सोझो सेटमा पराजित भइन् । झाउले नबितालाई ११-४, ११-३ र ११-४ को सेटमा पराजित गरेकी हुन् ।
अर्को खेलमा सिंगापुरकी जियान जेङले सिक्का श्रेष्ठ सुवाललाई ११-२, ११-१ र ११-४ को सेटमा पाखा लगाइन् ।
त्यसैगरी, सिंगापुरकी रु जिन ओङ्ले इभाना थापा मगरलाई ११-३, ११-७ र ११-४ को सेटमा पराजित गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया