खेलकुद

एसियन गेम्सः पुरुष टेबल टेनिसमा पनि नेपाल पराजित

इकागज |
असोज ५, २०८० शुक्रबार ११:१ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत टेबल टेनिसको पुरुष टिम इभेन्ट्समा नेपाल पराजित भएको छ ।

शुक्रबार बिहान भएको खेलमा जापानले नेपाललाई ३-० ले पराजित गरेको हो ।


समूह ‘बी’ को पहिलो खेलमा नेपालका रुविन महर्जनले जापानका हारीमोटो टोमोकाजुसँग ३-१ को सेटमा पराजित भए ।

रुविनले पहिलो सेट ११-६ ले आफ्नो पक्षमा पारेपनि त्यसपछि हारिमोटो उनीमाथि हावी भएका थिए । हारिमोटोले दोस्रो सेट ११-२, तेस्रो सेट ११-३ र चौँथो सेट ११-५ ले आफ्नो पक्षमा पारे ।

यता दोस्रो खेलमा जापानका महारु योसिमुराले नेपालका संयोग कपालीलाई ११-७, ११-३ र ११-७ ले पाखा लगाए ।

तेस्रो खेलमा जापानका सुनसुके टोगामीले बिलाश श्रेष्ठलाई ११-६, ११-३ र ११-३ को सेटमा पराजित गरे ।

यसअघि महिलाको टिम इभेन्ट्समा नेपालले सिंगापुरसँग ३-० को पराजय भोगेको थियो ।


Author

थप समाचार
x