खेलकुद

एसियन गेम्सः टेबल टेनिसमा उत्तर कोरियासँग नेपाल पराजित

इकागज |
असोज ६, २०८० शनिबार १०:३८ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत टेबल टेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले दोस्रो पराजय भोगेको छ ।

शनिबार बिहान भएको खेलमा उत्तर कोरियाले नेपाललाई ३-० ले पराजित गरेको हो । नेपाली पुरुष टिमले शुक्रबार जापानसँग ३-० को पराजय भोगेको थियो ।


समूह ‘बी’ अन्तर्गत शनिबार उत्तर कोरियाका युसोङ हामले नेपालका संयोग कपालीलाई ११-७, ११-४ र ११-५ को सेटमा पराजित गरे ।

दोस्रो खेलमा जिसोङ आनले नेपालका रुविन महर्जनलाई ११-२, ११-६ र ११-२ ले पराजित गरे ।

तेस्रो खेलमा उत्तर कोरियाका जोङ्सिक रीले नेपालका विलाश श्रेष्ठलाई ११-८, ११-२ र ११-३ को सेटमा हराए ।


Author

थप समाचार
x