एसियन गेम्सः तेक्वान्दो खेलाडी प्रेमबहादुर क्वार्टरफाइनलबाट बाहिरिए
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली तेक्वान्दो खेलाडी प्रेमबहादुर लिम्बु क्वार्टरफाइनलबाट बाहिरिएका छन् ।
आइतबार भएको पुम्सेतर्फको अन्तिम ८ को खेलमा प्रेमबहादुरले फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भए ।
उनले पहिलो चरणमा भने पाकिस्तानका अक्दुस उलाह कादिरलाई पराजित गरेर अन्तिम ८ मा स्थान बनाएका थिए ।
यता महिला खेलाडी स्वस्तिका तामाङ भने पहिलो चरणमै पराजित भइन् । सिंगापुरकी अकिदाह बिन्ते दियानाहले स्वस्तिकालाई पराजित गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया