एसियन गेम्सः रग्बीमा आयोजक चीनसँग पनि हार्यो नेपाल
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुषको रग्बीमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।
समूह ‘डी’ अन्तर्गत रग्बी सेभेन्समा आयोजक चीनले नेपाललाई ६५-० ले पराजित गरेको हो । पहिलो हाफमा चीनले ३६-० को अग्रता लिएको थियो ।
नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ५५-७ अन्तरको पराजय भोगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया