एसियन गेम्सः तेक्वान्दोमा अन्जलीको मिश्रित प्रदर्शन
काठमाडौँ- नेपालकी अञ्जली तामाङले १९ औँ एसियन गेम्सको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन् ।
चीनको हान्झाउस्थित लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनितर्फ अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।
पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
तर प्रिक्वार्टरफाइनलमा भने अन्जलीले थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग पराजित भइन् । अन्जली १२–० र १०–० ले पछि परिन् ।
पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।
तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया