खेलकुद

एसियन गेम्स : उसु खेलाडी सुस्मिता र पासाङ पदकविहीन

इकागज |
असोज ८, २०८० सोमबार १२:२१ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपालका दुई उसु खेलाडी पदक विहिन बनेका छन् ।

सोमबार बिहान भएको महिलाको चानकुवानतर्फ नेपालकी सुस्मिता तामाङ आठौँ स्थानमा रहिन् । उनले ९.४१ अंक ल्याइन् ।


स्वर्ण जितेकी मकाउकी यी लिले ९.७८६ अंक जोडिन् ।

पुरुषतर्फको ताइजिक्वानतर्फ नेपालका पासाङ शेर्पा १८ खेलाडीमध्ये अन्तिममा रहे । उनले ९.०१३ अंक प्राप्त गरे ।


Author

थप समाचार
x