एसियन गेम्सः तेक्वान्दोमा गोविन्द, आयशा र संध्या पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको तेक्वान्दोतर्फ नेपालका तीन खेलाडी मंगलबार पराजित भएका छन् ।
पुरुषको ६३ केजीमुनिको प्रिक्वार्टरफाइनलमा गोविन्द बहादुर आलेले थाइल्यान्डका बानलुङसँग २-१ ले पराजित भए ।
यसअघि उनले अन्तिम ३२ को खेलमा टिमोर लिस्टेका जोश सिल्भालाई १-० ले पराजित गरेर अन्तिम १६ मा स्थान सुरक्षित गरेका थिए ।
यता महिलाको ५३ केजीमुनितर्फ प्रिक्वार्टरफाइनलमा आयशा लामाले दक्षिण कोरियाकी हायजिन पार्कसँग २-० को पराजय भोगिन् ।
त्यसैगरी, संध्या कुमारी सिंहले ५७ केजीमुनिमा लेवनानकी लाइटिटियासँग २-० ले पराजित भइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया