एसियन गेम्सः जुडोमा नेपाली टिम दुवै खेलमा पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत जुडोमा नेपाली टिमले दुवै खेलमा पराजित भएको छ ।
बुधबार भएको मिक्स्ड टिम क्वार्टरफाइनलमा नेपालले जापानसँग ४-० को पराजय भोग्यो ।
जापानका गोकी जातिमाले नेपालका जंगबहादुर सारुलाई पराजित गर्दा रुरी टाकाहासीले नेपालकी आकृति जोशीलाई पाखा लगाइन् ।
त्यसैगरी, नेपालका रंजेश गोलेले जापानका ह्योगा ओटासँग पराजित हुँदा मनिता श्रेष्ठ प्रधानले जापानकी मोमो टामाओकीसँग हारिन् ।
त्यसपछि रिपेचेजमा नेपालले कजाखस्तानसँग पनि ४-० कै पराजय भोग्यो ।
आकृति जोशीले कजाखस्तानकी कामिला बेर्लिकाससँग हार्दा रंजेश गोलेले गाल्यमझान क्रिकवेविरुद्ध हार भोगे ।
त्यसैगरी, मनिता श्रेष्ठ प्रधानले सेभारा निशानबयेभसँग हारिन् । इन्द्रबहादुर श्रेष्ठले दानियार शाम्सायेखसँग हार्न पुगे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया