खेलकुद

एसियन गेम्सः तेक्वान्दोमा अभिषेक, वीरबहादुर र इन्दिरा पराजित

इकागज |
असोज १०, २०८० बुधबार १२:३ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत तेक्वान्दोमा बुधबार नेपालका तीन खेलाडी पराजित भएका छन् ।

पुरुषको ८० केजीमुनितर्फ अन्तिम ३२ को खेलमा अभिषेक बराल अफगानिस्तानी खेलाडीसँग पराजित भए । अफगानिस्तानका ओमिद साहाकले अभिषेकलाई २-० ले पराजित गरे ।


यता ६८ केजी मुनितर्फ प्रिक्वार्टरफाइनलमा वीरबहादुर महाराले चाइनिज ताइपेइका यी जुइ चिउसँग पराजित हुँदा महिलाको ६७ केजी मुनितर्फ अन्तिम १६ को खेलमा नेपालकी इन्दिरा बस्नेतले इरानकी मेलिका मिरहोसेनी भाकिलीसँग हारिन् ।


Author

थप समाचार
x