खेलकुद

एसियन गेम्सः ह्यान्डबलमा नेपालको लगातार दोस्रो पराजय

इकागज |
असोज १०, २०८० बुधबार १२:२० बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत ह्यान्डबलमा महिला टिमले लगातार दोस्रो पराजय भोगेको छ ।

बुधबार भएको समूह ‘बी’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध पराजय भोगेको हो । जापानले नेपाललाई ६२-१० गोलअन्तरले पराजित गर्‍यो ।


यसअघि पहिलो खेलमा नेपालले चीनसँग ५७-१० गोलअन्तरको पराजय भोगेको थियो ।


Author

थप समाचार
x