खेलकुद

एसियन गेम्सः पदकको अपेक्षा गरिएका बक्सर सुष्मा र भुपेन्द्र पनि पराजित

इकागज |
असोज १०, २०८० बुधबार १३:७ बजे

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पदकको अपेक्षा गरिएका नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ र भुपेन्द्र थापा पराजित भएका छन् ।

बुधबार भएको महिलाको ४५ देखि ५० केजी तौलसमूहको प्रिक्वार्टरफाइनलमा नेपालकी सुष्मा तामाङ पराजित भएकी हुन् ।


सुष्मा कजाखस्तानकी नाजिम कायजाइबेसँग पराजित भएकी हुन् । सुष्मा अंकको आधारमा ५-० ले पराजित भइन् ।

यता पुरुषको ५७ देखि ६३.५० केजीको अन्तिम १६ को प्रतिस्पर्धामा भुपेन्द्र थापाले चाइनिज ताइपेइका खेलाडीविरुद्ध हार भोगे ।

चाइनिज ताइपेइका चु एन लाइले भुपेन्द्रलाई ४-० ले पराजित गरे ।


Author

थप समाचार
x