एसियन गेम्सः स्क्वासमा अमृत र अरहान्त पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको स्क्वासतर्फ नेपालका अमृत थापा मगर र अरहान्त केशर सिंहा पराजित भएका छन् ।
आइतबार भएको पुरुषको एकलतर्फको अन्तिम ३२ को खेलमा अमृत र अरहान्तले पराजय भोगेका हुन् ।
अमृतले कुवेतका अब्दुल्लाह अल्मेजायनसँग ११-४, ११-२ र ११-५ को सेटमा पराजित भए ।
यता अरहान्तले मलेसियाका मुहम्मद अदिन बिनसँग ११-५, ११-३ र ११-३ ले हार्न पुगे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया