एसियन गेम्स : स्क्वासमा नेपाली महिला खेलाडी पनि पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत स्क्वासमा नेपाली महिला खेलाडी पराजित भएका छन् ।
आइतबार भएको महिला एकलतर्फको अन्तिम ३२ चरणमा नेपालकी कृष्णा थापाले पराजय भोग्दा विपना ब्लोनले जित हात पारिन् ।
कृष्णाले दक्षिण कोरियाकी जिहयुन लीसँग ११-३, ११-० र ११-३ ले पराजित भइन् । यता विपनाले भने थाइल्यान्डकी वारिट्सारा चुजितलाई ११-७, ११-७ र ११-८ को पराजित गरिन्य ।
यसअघि पुरुषको एकलतर्फको अन्तिम ३२ को खेलमा अमृत र अरहान्तले पराजय भोगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया