खेलकुद

एसियन गेम्सः ब्याडमिन्टनमा नेपालको जित

इकागज |
असोज १५, २०८० सोमबार १३:४७ बजे

काठमाडौँ- चीनको हानझाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत नेपाली टिमले ब्याडिमन्टनमा जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले मिक्स्ड डबल्स र मेन्ड डबल्समा जित हात पारेको हो ।

मिक्स्ड डबल्सको अन्तिम ३२ को खेलमा नेपालले मंगोलियालाई २-० ले पाखा लगायो । नेपालको विष्णु कटुवाल र नङसल तामाङको जोडीले भियतनामका जोलजाया मुन्खबारात र खर्लेनलाई २१-१६ र २१-१७ ले हराए ।


मेन्स डबल्सतर्फ नेपालले माल्दिभ्सलाई २-० ले हरायो । विष्णु कटुवाल र जीवन आचार्यको नेपाली जोडीले माल्दिभ्सका निबल अहमद र मोहम्मद अजफान रशिदको जोडीलाई २१-१७ र २१-१८ को सेटमा पराजित गरे ।

तर मिक्स्ड डबल्समा नेपाली जोडी जीवन आचार्य र निता लम्सालले सिंगापुरका योङ काइ टेरी र जेसिका वेइ हानविरुद्ध २-० तथा मेन्स डबल्समा सुनिल जोशी र प्रिन्स दाहालको जोडीले थाइल्यान्डका पिरातचाइ सुक्फुन र पाकापोनविरुद्ध पराजय भोगे ।


Author

थप समाचार
x