एसियन गेम्सः महिला भलिबलमा भारतसँग हार्यो नेपाल
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपालले भारतसँग पराजय भोगेको छ ।
बुधबार बिहान भएको खेलमा भारतले नेपाललाई ३-१ को सेटमा हराएको हो ।
भारतले पहिलो सेट २५-२३ ले जितेपनि नेपालले दोस्रो सेट २८-२६ आफ्नो पक्षमा पारेको थियो । तर त्यसपछिको दुई सेट भारतले जित्यो ।
भारतले तेस्रो सेट २५-२३ तथा चौँथो सेट २५-१७ ले जित्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया