खेलकुद

एसियन कप छनोट खेल्न मंगोलिया जान लागेको फुटसल खेलाडीको बिदाइ

इकागज |
असोज १७, २०८० बुधबार २०:० बजे

फाइल फोटो

काठमाडौँ - एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले बिदाई गरेको छ । 

बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन् । असोज २० देखि २३ गतेसम्म मंगोलियामा फुटसलको एसियन कप छनोटका खेल हुँदैछन् । त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक गौरव बस्नेतले एसियन कप छनोट समूहमा बलियो टीम भएपनि बलियो प्रतिष्पर्धीका साथ खेलमा उत्रने बताए ।  उनले नेपालमा फुटसलको लिग र पयाप्त खेल नभएका कारण अनुभव बटुल्ने मौका पाउन नसकेको बताए । 


त्यस्तै नेपाली टोलीका कप्तान मणिकुमार लामाले पहिलो चरण खेल्ने टीमलाई बलियो चुनौती दिने बताए । तयारी गर्ने समय कम भएपनि राम्रो नजिता आउने उनले बताए । 

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।


Author

थप समाचार
x