इन्टरनेसनल च्यालेन्जः ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल क्वार्टरफाइनलमै पराजित
काठमाडौँ- नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल अस्ट्रेलियाको मेलवोर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाईनलमै पराजित भएका छन् ।
सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा प्रिन्सले न्यूजिल्याण्डका इडवार्ड लाउसँग १३–२१, ११–२१ ले पराजित भएका हुन् ।
यसअघि क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा विश्व जुनियरको शीर्ष वरीयतामा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अस्ट्रेलियाका याउजु जौ लाई २१–१०, २१–६ ले पराजित गरे ।
राउण्ड अफ ३२ मा अस्ट्रेलियाकै श्रेय धान्द लाई २१–११, २१–१६ ले तथा प्रिक्वार्टरफाइनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइलाई २१–१८, १२–२१, २१–१४ ले पराजित गरेका थिए ।
पुरुष एकलतर्फकै अर्को खेलमा प्रफुल महर्जन प्रिक्वार्टरफाइनलमा जापानका शोता ओमोतोसँग ९–२१, १२–२१ ले पराजित भए । यस अघि प्रफुलले अस्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए । यस्तै उनले प्रिक्वार्टरफाईनलको यात्रा तय गर्ने क्रममा अस्ट्रेलयाका केथ मार्क एडिशनलाई २०–२२, २१–१५, २१–१५ ले पराजित गर्न सफल भएका थिए ।
महिला युगलतर्फ वाई पाएर सिदै क्वार्टरफाइनल पुगेका नङ्गशल तामाङ र अनुमाया राईको जोडी क्वार्टरफाइनलमा अस्ट्रेलयाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग ७–२१, १४–२१ ले पराजित भए ।
पुरुष युगलतर्फ प्रिन्स र विष्णु कटुवालको जोडी प्रिक्वार्टरफाइलनमा अस्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्यासँग ८–२१, १७–२१ ले पराजित भए । प्रिन्स र विष्णुको जोडी राउण्ड अफ ३२ मा अस्ट्रेलियाका ताङ्ग र जिउल झि लाई १०–२१, २२–२०, २१–१९ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गर्न सफल भएका थिए ।
पुरुष एकलमा बिष्णु कटुवाल आफ्नो पहिलो खेलमा अस्ट्रेलियाका रियो अगुष्टिनोसँग ९–२१, ९–२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अस्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६–२१, १६–२१ र नङ्गशल तामाङ अस्ट्रेलियाकी टिफानी हो सँग ७–२१, ८–२१ ले पराजित भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया