खेलकुद

२०३६ को ओलम्पिक आयोजना गर्ने भारतको चाहना

इकागज |
असोज २८, २०८० आइतबार १६:१८ बजे

काठमाडौँ- भारतले सन् २०२६ को ओलम्पिक गेम्स आयोजना गर्ने चाहना व्यक्त गरेको छ ।

भारतमा जारी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को १ सय ४१ औँ आईओसी सेसनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले सन् २०२३६ को ओलम्पिक गेम्स आयोजना गर्न चाहेको बताएका हुन् ।


मोदीले १ सय ४० करोड भारतीय जनताको चाहना तथा भारतले वर्षौदेखि ओलम्पिक आयोजना गर्ने उदेश्य राखेको बताए ।

भारतले सन् १९८३ पछि पहिलो पटक आईओसी सेसन आयोजना गरिरहेको छ ।


Author

थप समाचार
x