खेलकुद

टस हारेर पहिले बलिङ गर्दै नेपाल

इकागज |
कात्तिक १४, २०८० मंगलबार १३:३२ बजे

काठमाडौँ- आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।    
     
सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।    
    
नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।    
    
आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।    



Author

थप समाचार
x