खेलकुद

आईपीएलः दिल्लीले गुमाउने तीन खेलाडी

इकागज |
जेठ १७, २०७८ सोमबार १७:४१ बजे

काठमाडौँ: स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेल सेप्टेम्बर-अक्‍टाेबरमा हुनेछन् । आईपीएलका बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलाइने बताइएकाे छ । 

आइपीएल स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा थियो । आठ खेलेर दिल्लीले १२ अंक बटुलेको अवस्था थियो । अबका दुई खेल जिते दिल्ली प्लेअ–अफमा पुग्नेछ । उसो त आइपीएल युएईमा हुने खबरले दिल्ली खुशी नै भएको हुनुपर्छ । किनभने आइपीएल २०२० पनि युएईमै खेलाइदा दिल्लीको प्रदर्शन सन्तोषजनक थियो । दिल्ली घरेलु र विदेशी स्टारले भरिएको छ । तर आइपीएल पुनः सुरु हुँदा दिल्लीका तीन इंग्लिस स्टार भने टिममा फर्कने छैनन् । 


क्रिस वक्स 
क्रिस वक्स ‘अन्डररेटेड’ अल–राउन्डर हुन् । आइपीएल २०२१ का सुरुवाती तीन खेलमा वक्सले मौका पाए । ती खेलमा उनले पाँच विकेट लिए । तर पछि उनलाई खेल्ने मौका दिइएन । विशेषगरी ‘डेथ’ ओभर तथा ‘पावर प्ले’ मा वक्स प्रभावशाली देखिएका थिए । तल्लोक्रममा रहेर ब्याटिङ गर्न आउँदा वक्सले टिमका लागि आवश्यकिय रन बनाउने ल्याकत राख्छन् । इंगल्यान्डको राष्ट्रिय टिमबाट खेल्नु पर्ने भएकाले उनले युएईमा दिल्लीका खेल गुमाउने छन् । 

टम कुरन
टम कुरन पनि अल राउण्डर नै हुन् । उनको बलिङमा ‘भेरिएसन’ हुन्छ । उनले विश्व क्रिकेटमा नाम चलेका विभिन्न फ्रेन्चाइज लिग खेल्दै गहिरो अनुभव संगालेका छन् । यद्यपि उनको बलिङ महंगो हुने गरेको छ । यति हुँदाहुँदै पनि उनी निर्णयाक ओभरमा बलिङ गर्न सधैँ तयार हुन्छन् । अनि ब्याटिङमा पनि उनको महत्व कम छैन । उनी इंगल्यान्डको टी–ट्वान्टी टिममा परेका छन् । इंगल्यान्डको व्यस्त तालिकाका कारण कुरनले आइपीएल खेल्न पाउने छैनन् । 

साम बिलिङिग्स
साम बिलिङग्स लामो समयदेखि टि–ट्वान्टी क्रिकेटमा सक्रिय छन् । दिल्लीले उनलाई ‘ब्याक–अप’ विकेटकिपरका रुपमा खरिद गरेका हो ।  त्यसबाहेक बिलिङिग्सले तल्लोक्रममा रहेर बलियो ब्याटिङ पनि गर्न सक्छन् । उनल हालसम्म २२ आइपीएल खेल खेलेका छन् । दिल्ल्लीबाट २०१६ र २०१७ मा पनि आइपीएल खेलेका बिलिङिग्स इंगल्यान्डको टि–ट्वान्टी तथा एक दिवशिय टिमका सदस्य हुन् । युएईमा आइपीएल फर्कदा बिलिङिग्स दिल्लीको टिममा हुनेछैनन् । उनको स्थानमा दिल्लीले विष्णु विनोदलाई मौका दिनेछ ।  


Author

थप समाचार
x