खेलकुद

प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १८:१९ बजे

बुटवल- दाङको तुलसीपुरमा शुक्रबारदेखि प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

तुलसीपुरस्थित अरनीको मैदानमा सुरु भएको प्रतियोगितामा प्रदेशका सबै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता  उद्‍घाटन गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशमा तेक्वान्दो खेलको विकासका लागि विशेष योजना अघि सार्ने बताए ।


उनले आफू पनि पुरानो तेक्वान्दो खेलाडी भएको भन्दै प्रदेश सरकारले तेक्वान्दोको हव बनाउन सधैं सरकारले साथ दिने विश्वास दिलाए । मुख्यमन्त्री चौधरीले यस्ता खेल र खेलाडीले राष्ट्र र लुम्बिनी प्रदेशलाई सबै स्थानमा चिनाउने बताए ।


Author

थप समाचार
x