नुर्बुले विश्वजुनियर बक्सिङ खेल्ने
काठमाडौँ - नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
आगामी नोभेम्बर २३ देखि डिसेम्बर चारसम्म अर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदैछ । सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बुले १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा चुनौती प्रस्तुत गर्न लागेका हुन् । त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय
नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
नुर्बुको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो । उनको प्रशिक्षकमा लालबहादुर पौडेल छन् । सोमबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले नेपाली टोलीलाई बिदाइ गरे । सो अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
श्रेष्ठले सोही अवसरमा गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औं एशियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहन स्वरूप पूर्वघोषित १० हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरे । एशियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इण्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया