खेलकुद

नेपालगन्ज म्याराथनको तयारी पूरा

इकागज |
मंसिर ७, २०८० बिहीबार १८:५० बजे

बाँके- नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसका रूपमा सञ्चालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पूरा भएको बताए । कनक्लेभमा आर्थिक, साहित्य, आधा आकाश, खेलसहितको विभिन्न विषयमा बहस हुने बताइएको छ ।


यस वर्ष म्याराथनमा पुरस्कार राशि वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने अध्यक्ष ठकुरीले बताए ।

ठकुरीका अनुसार उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।

नेपालगन्ज म्याराथनमा एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।


Author

थप समाचार
x