खेलकुद

नेपाल सुपर लिगः आज दुई खेल हुँदै

इकागज |
मंसिर १६, २०८० शनिबार १०:३९ बजे

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुने तालिका रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगअन्तर्गत पहिलो खेल झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ ।


झापा र पोखराबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ । जारी लिगमा पोखराले तेस्रो खेल खेल्दैछ । उसले अघिल्ला दुईमध्ये एक खेलमा जित हात पार्दा एक खेलमा बराबरी खेलेको छ । पोखरा ४ अंकसहित तालिकाको चौँथोँ स्थानमा छ ।

यता झापाले भने दोस्रो खेल खेल्दैछ । उसले खेलेको एकमात्र खेलमा पराजय भोगेको थियो ।

आजै साँझ ५:३० बजेबाट धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । अघिल्ला दुवै खेल जितेको धनगढी ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित तथा एक खेलमा अंक बाँडेको ललितपुर भने ४ अंकसहित दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x