एनएसएल : १० खेलाडीमा सीमित पोखरासँग झापाले अंक खोस्यो
तस्बिरः झापा एफसी
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसीले १० खेलाडीमा सीमित पोखरा थन्डर्ससँग अंक खोसेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा झापाले पोखरासँग १-१ गोलको बराबरी खेलेको हो ।
पोखराका लागि मोसेस गाम्बा र झापाका लागि समन्दर ओचिलोभले गोल गरे ।
मोसेसले १९ औँ मिनेटमा गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा कमलबहादुर थापाले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पोखरा १० खेलाडीमा सीमित भयो ।
त्यसैको फाइदा उठाउँदै झापाका समन्दरले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
बराबरीसँग झापाले २ खेलमा १ अंक जोडेको छ । यता तेस्रो खेल खेलेको पोखराले दोस्रोपटक अंक बाँडेको छ । पोखराले ५ अंक जोडेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया