आई-लिगमा गीताले डेब्यू गर्ने, एन्जिलाले दोस्रोपटक खेल्दै
काठमाडौँ- इन्डियन्स वुमन्स लिग (आई-लिग) खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना भारत प्रस्थान गरेका छन् ।
सेथु एफसीबाट खेल्नका लागि एन्जिला तथा गीता आइतबार भारत प्रस्थान गरेका हुन् । एञ्जिलाले सेथुबाट लगातार दोस्रोपटक आई-लिग खेल्न लागेकी हुन् भने गीताले पहिलोपटक आई-लिग खेल्ने भएकी हुन् ।
गत सिजनका लागि गीताले सेथुसँग खेल्ने सम्झौता गरेपनि घाइते भएपछि उनले खेल्न पाएकी थिइनन् ।
यस सिजनको महिला आई-लिगमा साविक विजेता गोकुलम केरलासँगै सेथु एफसी, किक स्टार्स, उडिसा एफसी, इस्ट बंगाल, होप्स एफसी र स्पोर्टस उडिसाको सहभागिता रहने छ ।
मार्चसम्म चल्ने आई-लिगअन्तर्गत पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया