अस्ट्रेलियाको गोल्ड कोस्टले पनि २०२६ को कमनवेल्थ गेम्स आयोजना गर्न नसक्ने
काठमाडौँ- अस्ट्रेलियाको गोल्ड कोस्ट सहरले पनि सन् २०२६/२७ को कमनवेल्थ गेम्स आयोजना नगर्ने निर्णय गरेको छ ।
राज्य तथा संघीय सरकारबाट समर्थन नपाएपछि गोल्ड कोस्टले पनि कमनवेल्थ गेम्स आयोजना गर्ने प्रस्तावबाट पछि हटेको रोयटर्सले जनाएको छ ।
गोल्ड कोस्टका मेयर टम टेटले कमनवेल्थ गेम्स आयोजना गर्नको लागि ७ सय मिलियन डलरको प्रस्ताव अघि नबढाउने जनाएका हुन् ।
यसअघि अस्ट्रेलियाकै भिक्टोरिया सरकारले कमवेल्थ गेम्स आयोजना गर्न नसक्ने जनाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया