सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले अफगानिस्तानलाई पराजित गर्नुपर्ने
काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अफगानिस्तानविरुद्ध खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल दुवईमा नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुँदैछ ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका कारण नेपालले सेमिफाइनलको सम्भावना कायमै राख्न आज अफगानिस्तानलाई पराजित गर्नुपर्नेछ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको पराजय भोगेको थियो ।
यता पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको अफगानिस्तान पनि नेपाललाई पराजित गरेर अन्तिम चारको सम्भावना कायमै राख्न चाहन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया