सोनिका बनिन् गण्डकी प्रदेशकै पहिलो महिला अम्पायर
काठमाडौँ- सोनिका थापा गण्डकी प्रदेशकै पहिलो महिला क्रिकेट अम्पायर बनेकी छन् ।
पोखरामा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी गण्डकी प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत बुधबार कास्की र पर्वतबीचको खेलमा सोनिकाले अम्पायरको रुपमा डेब्यु गरेकी हुन् ।
पुतलीबजार नगरपालिका-१०, स्याङ्जाकी सोनिका उक्त खेलमा अम्पायरिङ गरेसँगै गण्डकी प्रदेशकै पहिलो महिला अम्पायर बनेकी हुन् ।
खेल संचालन गर्नुअघि गण्डकी प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय अम्पायर तथा गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले सोनिकालाई अम्पायरिङ ह्याट, हेड बेल्ट, बल काउन्टर तथा बलिङ कार्ड प्रदान गरे ।
सोनिका हालै पोखरामा सम्पन्न 'ओ' लेभलको अम्पाएरिङ प्रशिक्षणमा सहभागी भएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया